टी–२० विश्वकप छनोट: आदिलसहित ३२ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडाैं | असार २९, २०८२

टी–२० विश्वकप छनोट: आदिलसहित ३२ खेलाडी बन्द प्रशिक्षणमा तस्बिर फाइल

काठमाडौं:    नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी टी–२० विश्वकपको एसिया तथा पूर्वी एसियाली क्षेत्रीय छनोटको तयारीका लागि मोहम्मद आदिल आलमसहित ३२ क्रिकेट खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।


क्यानले आइतबार खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो । यसअघि खेल मिलेमतोको आरोप लागेका आदिल करिब तीन वर्षपछि प्रशिक्षण टोलीमा अटाउनुभएको हो ।


उहाँ मिलेमतोको आरोपमा प्रतिबन्धमा पर्नुभएको थियो । आरोप प्रमाणित नभएपछि उहाँ प्रतिबन्ध फुकुवा हुनुभएको थियो । यस्तै टोलीमा यु–१९ टोलीका युवराज खत्रीले पनि स्थान बनाउनुभएको छ । 


अक्टोबरमा ओमानमा आयोजना हुने छनोट खेलमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा कुवेत र जापान परेको छ । पहिलो चरणको प्रतिस्पर्धामा सहभागी नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ ।


यस्तै समूह ‘ए’मा संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र कतार रहेको छ । समूह ‘सी’मा ओमान, पपुवा न्युगिनी र समओले रहेको छ ।


छनोट खेल अक्टोबर ८ देखि १७ तारिखसम्म ओमानमा हुनेछ । सिंगल राउन्ड रोविन लिगका आधारमा हुने छनोट खेलमा समूहका शीर्ष दुई टोलीले ‘सुपर सिक्स’मा प्रवेश गर्नेछन् । 


सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्काले संयुक्त रुपमा आयोजना आइसिसी टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।


छनोट खेलअघि नेपालले अस्ट्रेलिया भ्रमण गर्नेछ । त्यहाँ नेपालले वेस्ट इन्डिजसँग तीन खेलको टी–२० सिरिज खेल्नेछ । 


प्रशिक्षणमा परेका खेलाडी 


रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, अनिल शाह, आसिफ शेख, भिम शार्की, लोकेश बम, कुशल मल्ल, आरिफ शेख, सन्दीप जोरा, विवेक यादव, गुलसन झा, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, सोमपाल कामी, रिजन ढकाल, प्रतीस जिसी, ललित राजवंशी, कमलसिंह ऐरि, शाहब आलम, सागर ढकाल, आकाश चन्द, दीपेन्द्र सिंह ऐरि, रुपेश सिंह, बसिर अहमद, युवराज खत्री, किरण ठगुन्ना, मोहम्मद आदिल अलाम, पवन शराफ, शेर मल्ल, शुभ कंसाकर र अर्जुन घर्ती । 

पोखरा ।     जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ ।   जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो ।   जातीय भेदभाव...

थप पढ्नुहोस्

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्